परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कदै « Khabarhub

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कदै


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री राणा चीनको छेन्दुबाट आज स्वदेश फर्किने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु पुगेकी राणाले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।

उनीहरुबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि २० गतेसम्म गर्ने चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो ।

परराष्ट्रमन्त्री डा. राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन् ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ८ : २२ बजे

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर