विमान चलाउन सिकाउने व्यक्ति आकाशमै वेहोस भएपछि… « Khabarhub

विमान चलाउन सिकाउने व्यक्ति आकाशमै वेहोस भएपछि…


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विमान चलाउन सिकाउने व्यक्ति आकाशमै वेहोस भएपछि भएपछि एक जना प्रशिक्षार्थी विमानचालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गरेका छन् ।

उनलाई विमान उडाउन सिकाउँदै गर्दा उनका प्रशिक्षक बेहोस भएपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रकसँग आपत्कालीन सञ्चार गरेका थिए।

पर्थस्थित विमानस्थलका हवाई ट्राफिक नियन्त्रकहरूले उनलाई विमान अवतरण गर्न सहयोग गरेका थिए । यो घटनापछि धेरैले सिल्भेस्टरको प्रशंसा गरेका बीबीसीले जनाएको छ ।

सार्वजनिक गरिएको आपत्कालीन सञ्चारसंवादमा उनले पहिले आफ्नो प्रशिक्षक कस्तो अवस्थामा छन् त्यो भनेको सुनिन्छ।

“उनी मेरो काँधमा अडेस लागेका छन्। म उनलाई उठाउन प्रयास गरिरहेको छु, तर उनी ढलिरहन्छन्,” उनी नियन्त्रकलाई भन्छन्। उनलाई सेस्ना विमान चलाउन आउँछ कि आउँदैन भन्ने प्रश्नमा प्रश्नमा उनी भन्छन्: “यो मेरो पहिलो कक्षा हो।”

घटनाअघि दुई पटक उडानको कक्षा लिएपनि सेस्ना विमाना उनी पहिलो पटक बसेका थिए र कहिल्यै विमान अवतरण गरेका थिएनन् ।

नियन्त्रकको सहायतामा विमानस्थल वरपर एक घण्टा अवतरण गर्ने अभ्यास गरेपछि उनले सफलतापूर्वक विमान ओरालेका थिए। विमान अवतरण गर्दा उनलाई आफ्नो परिवारका सदस्यहरू र आपत्कालीन उद्धारकर्मीहरूले कुरिरहेका थिए। उनको प्रशिक्षकलाई अस्पताल लगिएको छ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  २ : ०५ बजे

रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित