चियाखेती प्रवर्द्धनमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

चियाखेती प्रवर्द्धनमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमक – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चियाको बजार प्रशस्त भए पनि लक्ष्यअनुसार बजार प्रवर्द्धन गर्न नसकिएको बताएका छन् ।

झापाको दमकमा माङमालुङ चिया बगान लिमिटेड प्रालि माङ्सेबुङ गाउँपालिका¬–६ चिसापानी पञ्चमी, इलामको २८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले नेपाली चिया गुणस्तरीय भए पनि अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन नसक्दा कतिपय चिया उद्योगहरू धराशयी बन्न पुगेको बताए।

उनले भने, ‘चियाको प्रशस्त बजार भए पनि हाम्रो चियाले त्यसको फाइदा लिन सकिएको छैन, त्यसमा उद्योगीहरूको ध्यान जानुपर्छ ।’

नेपालमा चियाखेतीको एक सय ७५ वर्ष लामो इतिहास भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले स्वदेश मात्र नभई विश्व बजारसम्म चियाको बजार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। कोशी प्रदेशका चिया उद्योगले देशकै चिया उत्पादनको करिब ९० प्रतिशत हिस्सा ओगटेको उनको भनाइ थियो ।

चियाले चिनिएको यस प्रदेशलाई अब चियाको बजार खोज्ने मात्र नभएर आफ्नो ब्रान्ड स्थापित गर्नेतर्फ पनि उद्योगीहरूको ध्यान जानुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री कार्कीले चियाको बजारीकरणमा टेवा पुर्‍याउन प्रदेश सरकारले चियाकै राजधानी इलाममा आउँदो वैशाखतिर अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन गर्न लागिएको जानकारी दिए।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ७ : ४४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना