कीर्तिपुर नगरपालिकामा मतदान शान्तिपूर्ण « Khabarhub

कीर्तिपुर नगरपालिकामा मतदान शान्तिपूर्ण


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– काठमाडौंको कीर्तिपुर नगरपालिकाकाको प्रमुख र दुई वडाको वडाध्यक्षका लागि शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि मतदान भइरहेको छ ।

कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र र विभिन्न दलका गरी जम्मा २० उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । त्यसमध्ये नौ उम्मेदवार विभिन्न राजनीतिक दल, एक यौनिक अल्पसङ्ख्यक तथा ११ स्वतन्त्र उम्मेदवार छन् ।

कीर्तिपुर–१ को वडाध्यक्षमा सात पुरुष र एक महिलासहित आठ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । वडाध्यक्ष पदमा पाँच राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यसैगरी वडा नम्बर ४ को वडाध्यक्षका लागि एक यौनिक अल्पसङ्ख्यक समुदाय, दुई महिला र नौ पुरुष उम्मेदवार चुनावी मैदानमा छन् । कीर्तिपुर नगरपालिकामा कुल ३१ हजार एक सय १२ मतदाता छन् ।

२०७९ सालमा भएको निर्वाचनमा विजयी नगरप्रमुख राजकुमार नकर्मी, वडा नम्बर १ का वडाध्यक्ष हीरालाल महर्जन र वडा नम्बर ४ का वडाध्यक्ष श्यामराज अधिकारीको निधन भएकाले ती स्थानमा उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ९ : ०७ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा