भारतको तेलङ्गनामा प्रहरीसँग भिडन्त हुँदा मारिए सात माओवादी | Khabarhub Khabarhub

भारतको तेलङ्गनामा प्रहरीसँग भिडन्त हुँदा मारिए सात माओवादी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको तेलङ्गना राज्यमा भएको भिडन्तमा सातजना माओवादी मारिएका छन् ।

तेलङ्गानाको मुलुगु जिल्लामा सुरक्षाबल र नक्सलबीच मुठभेड हुँदा सातजना माओवादी लडाकु मारिएका हुन् ।

यो मुठभेड माओवादीले जासुसी आरोपमा दुईजना आदिवासीहरूको हत्या गरेको एक सातापछि भएको हो ।

सुरक्षाबलहरूले ठूलो परिमाणमा हतियार बरामद गरेको जनाएका छन् । पुलिसले घटनास्थलबाट एक-४७ र इन्सास राइफल बरामद गरेको छ ।

पुलिसका अनुसार एतुरनगरमको वन क्षेत्रमा सर्च अप्रेशनका क्रममा तेलङ्गाना पुलिसको विशिष्ट नक्सल प्रतिरोधी बल ‘ग्रेहाउन्ड्स’ र माओवादीबीच भिडन्त भएको हो ।

पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार मुठभेडस्थलबाट दुईवटा एके ४७ राइफल पनि बरामद भएका छन् ।

अधिकारीकाअनुसार मारिनेहरूमा प्रतिबन्धित भाकपा (माओवादी) को तेलङ्गाना राज्य समिति (येलन्डु नरसामपेट) का सचिव कुरसाम मङ्गू उर्फ ​​भद्रू पनि सामेल छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १२ : ५० बजे

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५