लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेल  « Khabarhub

लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेल 


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजक निजी क्षेत्रको प्रमुख मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल बनेको छ ।

आइतबार राजधानी काठमाडौंमा एक कार्यक्रमबीच मुख्य प्रायोजनाका लागि लुम्बिनी लायन्स र एनलेसका अधिकारीहरूबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । एनलेस एनपीएलको समेत ‘पावर्ड बाई’ पार्टनरका रूपमा रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको एनपीएका फ्रेन्चाइजी क्लबहरूलाई पछिल्लो समय धमाधम निजी क्षेत्रको साथ मिलिरहेको छ ।

उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्सलगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरु उपस्थित रहेका थिए ।

कार्यक्रममा मुख्य प्रायोजन सम्बन्धमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गरेका छन् । साथै कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।

सहकार्यबारे बोल्दै अध्यक्ष जिसीले भने, ‘एनसेलजस्तो अन्तर्राष्ट्रिय स्तरको एवम् नेपालकै अग्रणी निजी दूरसञ्चार सेवा प्रदायकसँग मुख्य प्रायोजकको रूपमा जोडिन पाउँदा हामी अत्यन्त आभारी छौँ । यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौँ । एनसेल जस्तो प्रतिष्ठित ब्रान्डको समर्थनले हाम्रो टोलीलाई अझ सशक्त बनाउनेछ र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।’

त्यस्तै एनसेलका प्रमुख कार्यकारी अधिकृत कायुमोभले भने, ‘हामी नेपाली क्रिकेट र युवा प्रतिभाको विकासमा सधैँ प्रतिबद्ध रहँदै आएका छौँ र यो सहकार्य त्यसको एक ज्वलन्त उदाहरण हो । लुम्बिनी लायन्स क्लबसँगको यो साझेदारीले हाम्रो यस प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास गरेका छौँ । ‘हामी तपाईँकै लागि’ भन्ने हाम्रो थिममा आधारित रही नेपाली क्रिकेट जगतलाई थप उचाइमा पुर्‍याउने उद्देश्यका साथ लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । हामी खेलकुदको विकास, युवा सशक्तीकरण र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्न चाहन्छौँ ।’

एनसेल फाउन्डेसनले हालै मात्र एनपीएल हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चार वटा एजुकेशनल किट प्रदान गर्ने घोषणा गरेको थियो ।

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : २३ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर