एसिया कप क्रिकेटः नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य « Khabarhub

एसिया कप क्रिकेटः नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियाली क्रिकेट काउन्सिल (एसिसी) अन्तर्गत पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बङ्गलादेशलाई जितका लागि एक सय ४२ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्को दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रनमा समेटिएको हो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ७७ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाएका हुन् । त्यस्तै उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन बनाए । त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बङ्गलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई/दुई विकेट लिए । साथै साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान एक/एक विकेट लिए । बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  २ : ४९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना