मानवतस्करी प्रकरण : एमाले पूर्वमन्त्री अधिकारीको मुद्दा दरपीठ « Khabarhub

मानवतस्करी प्रकरण : एमाले पूर्वमन्त्री अधिकारीको मुद्दा दरपीठ


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका पूर्वमन्त्री एवम्‌ नेकपा (एमाले) का प्रदेश सांसद सांसद्‌ लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध हालिएको रिट दरपीठ भएको छ। सर्वोच्च अदालतले आइतबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको हालेको रिट दरपीठ गरेको हो ।

‘लिलाबल्लभ अधिकारीको प्रस्तुत वरदातमा संलरन रहेको वस्तुनिष्ठ प्रमाण हालसम्मको अनुसन्धानबाट नदेखिए‌कोले निज उपर थप प्रमाण प्राप्त भएका बखत कानुन बमोजिम हुने नै हुँदा’ भनी उल्लेख भएको परिप्रेक्षमा प्रस्तुत रिट निवेदन यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत दर्ता गर्न मिलेन। मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दरपीठ गरी दिइएको छ,’ सर्वोच्चको आदेशमा लेखिएको छ ।

अधिकारी सरकारको अनुमति बिनै जानकारी नै नदिइ कात्तिक चौथो साता एकाएक जापान पुगेका थिए । उनले नक्कली सरकारी कार्ड बनाएर तीन जनालाई जापान पुर्‍याएको खुलेको थियो । जापानले डिपोर्ट गरिदिएपछि प्रहरीले उनलाई कात्तिक २६ गते विराटनगरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

तर, सरकारको दबाबमा उनलाई सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएको थियो । सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ४ : ५८ बजे

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल