पर्यटन क्षेत्रमा सुधार हुँदै, एघार महिनामा साढे १० लाख विदेशी भित्रिए « Khabarhub

पर्यटन क्षेत्रमा सुधार हुँदै, एघार महिनामा साढे १० लाख विदेशी भित्रिए


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटक आगमनको हिसाबले नेपालको पर्यटन क्षेत्रमा सुधार हुँदै गएको देखिएको छ । सन् २०२३ को ११ महिनाको तुलनामा सन् २०२४ को ११ महिनामा झण्डै डेढ लाख बढी पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको हो ।

बोर्डकाअनुसार सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५०३ जना पर्यटक नेपाल घुम्न आए । सन् २०२३ को ११ महिनामा भने नेपाल घुम्न आउने पर्यटकको संख्या ९ लाख १८ हजार ३०८ जना मात्रै थियो । तथ्यांकअनुसार अघिल्लो अंग्रेजी वर्षको ११ महिनाको तुलनामा चालु अंग्रजी वर्षको ११ महिनामा नेपाल घुम्न आउने पर्यटकको संख्या १ लाख ३७ हजार २२५ ले बढी रहेको छ ।

सन् २०१९ को ११ महिनामा नेपालमा १० लाख ९६ हजार ३२५ जना पर्यटक घुम्न आएका थिए । सो संख्यालाई शतप्रतिशत मान्दा चालु अंग्रजी वर्षमा आउने पर्यटकको संख्यामा ९६ प्रतिशतले सुधार भएको देखिएको छ ।

चालु अंग्रेजी वर्षको नोभेम्बर महिनामा नेपालमा सबैभन्दा धेरै भारतबाट १९ हजार ९१५ जना, अमेरिकाबाट १० हजार ९८१, चीनबाट ९ हजार ४५८ र बेलायतबाट ६ हजार ६११ जना पर्यटक घुम्न आएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ४ : ५२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्