पर्यटन क्षेत्रमा सुधार हुँदै, एघार महिनामा साढे १० लाख विदेशी भित्रिए | Khabarhub Khabarhub

पर्यटन क्षेत्रमा सुधार हुँदै, एघार महिनामा साढे १० लाख विदेशी भित्रिए


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटक आगमनको हिसाबले नेपालको पर्यटन क्षेत्रमा सुधार हुँदै गएको देखिएको छ । सन् २०२३ को ११ महिनाको तुलनामा सन् २०२४ को ११ महिनामा झण्डै डेढ लाख बढी पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको हो ।

बोर्डकाअनुसार सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५०३ जना पर्यटक नेपाल घुम्न आए । सन् २०२३ को ११ महिनामा भने नेपाल घुम्न आउने पर्यटकको संख्या ९ लाख १८ हजार ३०८ जना मात्रै थियो । तथ्यांकअनुसार अघिल्लो अंग्रेजी वर्षको ११ महिनाको तुलनामा चालु अंग्रजी वर्षको ११ महिनामा नेपाल घुम्न आउने पर्यटकको संख्या १ लाख ३७ हजार २२५ ले बढी रहेको छ ।

सन् २०१९ को ११ महिनामा नेपालमा १० लाख ९६ हजार ३२५ जना पर्यटक घुम्न आएका थिए । सो संख्यालाई शतप्रतिशत मान्दा चालु अंग्रजी वर्षमा आउने पर्यटकको संख्यामा ९६ प्रतिशतले सुधार भएको देखिएको छ ।

चालु अंग्रेजी वर्षको नोभेम्बर महिनामा नेपालमा सबैभन्दा धेरै भारतबाट १९ हजार ९१५ जना, अमेरिकाबाट १० हजार ९८१, चीनबाट ९ हजार ४५८ र बेलायतबाट ६ हजार ६११ जना पर्यटक घुम्न आएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ४ : ५२ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको