स्थानीय तह उपनिर्वाचन : ६२ प्रतिशत मत खसेको प्रारम्भिक विवरण « Khabarhub

स्थानीय तह उपनिर्वाचन : ६२ प्रतिशत मत खसेको प्रारम्भिक विवरण

काठमाडौं १६ मा ५० प्रतिशत मात्रै


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार ६२ प्रतिशत मतदान भएको प्रारम्भिक रिपोर्ट सम्बन्धित पालिकाहरूबाट आएको छ ।

कीर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपप्रमुख चार र वडाध्यक्ष ३३ सहित ४१ पदमा मतदान भएको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।

आयोगका अनुसार काठमाडौं वडा नम्बर १६ मा ५० प्रतिशत मात्रै मत खसेको छ । आयोगका अनुसार  २९३ मतदान केन्द्रवाट मतदाताहरूले मत प्रकट गरेका छन् ।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले बताइन् ।

तीनजना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । आज रातिबाटै परिणाम आउन सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : २७ बजे

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो

चन्द्रप्रसाद ढकालको गुनासो- निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण भएन

काठमाडौं– निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण नभएको