स्थानीय तह उपनिर्वाचन : ६२ प्रतिशत मत खसेको प्रारम्भिक विवरण « Khabarhub

स्थानीय तह उपनिर्वाचन : ६२ प्रतिशत मत खसेको प्रारम्भिक विवरण

काठमाडौं १६ मा ५० प्रतिशत मात्रै


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार ६२ प्रतिशत मतदान भएको प्रारम्भिक रिपोर्ट सम्बन्धित पालिकाहरूबाट आएको छ ।

कीर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपप्रमुख चार र वडाध्यक्ष ३३ सहित ४१ पदमा मतदान भएको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।

आयोगका अनुसार काठमाडौं वडा नम्बर १६ मा ५० प्रतिशत मात्रै मत खसेको छ । आयोगका अनुसार  २९३ मतदान केन्द्रवाट मतदाताहरूले मत प्रकट गरेका छन् ।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले बताइन् ।

तीनजना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । आज रातिबाटै परिणाम आउन सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : २७ बजे

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

भियना – युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा

काठमाडौं- पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस इतर पक्षको लुम्बिनी प्रदेशस्तरीय

जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौं- हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलता

राष्ट्रियसभाबाट संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव सर्वसहमतिले