रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन  « Khabarhub

रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन 


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरूले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी ठगी प्रकरणमा काठमाडौं सरकारी वकिल कार्यालयमा लामिछानेको बयान भइरहँदा उनका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले राजनीतिक प्रतिशोधका कारण निर्दोष व्यक्तिलाई थुनामा राखेको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागीले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर लगाएका प्लेकार्ड प्रदर्शन गर्दै नारा लगाएका थिए ।

पोखराको प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा बयानका लागि बिहीबार काठमाडौं ल्याइएको थियो ।

यो पनि पढ्नुहोस् : 

दोस्रो दिन पनि सकिएन रवि लामिछानेको बयान, भोलि सकेर पोखरा लगिने

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ४२ बजे

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

भियना – युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा

काठमाडौं- पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस इतर पक्षको लुम्बिनी प्रदेशस्तरीय

जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौं- हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलता

राष्ट्रियसभाबाट संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव सर्वसहमतिले