नेत्रहीन विश्वकप क्रिकेट : सेमिफाइनलमा सकियो नेपालको यात्रा, पाकिस्तानसँग १० विकेटले पराजित | Khabarhub Khabarhub

नेत्रहीन विश्वकप क्रिकेट : सेमिफाइनलमा सकियो नेपालको यात्रा, पाकिस्तानसँग १० विकेटले पराजित


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रहीन टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना सकिएको छ।

नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले पाँच दशमलव तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

विभिन्न ६ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो ।

त्यसैगरी नेपाल श्रीलङ्कासँग ७० र बङ्गलादेशसँग ६७ रनले पराजित भएको थियो भने अफगानिस्तालाई एक सय आठ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो ।

पाकिस्तानको जितमा पाकिस्तानका लागि कम्रन अख्तरले सर्वाधिक ६३ रनको योगदान दिए । उनले २१ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यसैगरी बाबर अली ३२ रनमा अविजित रहे ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
पाकिस्तानका लागि माती उल्लाहले तीन र बाबर मुनरिले एक विकेट लिए ।

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ४८ बजे

जब प्रहरीले बरामद गरेको चरेस अदालत पुर्‍याउँदा इँटा-ढुंगामा परिणत भयो

पटना- नेपालमा पनि बेला बेला बरामद भएको सुनलाई प्रहरीले अदालत

भारतको मोतीहारीबाट पक्राउ परेका खलिस्तानी विद्रोहीको के छ नेपाल कनेक्सन ?

काठमाडौं – भारतको बिहारस्थित मोतीहारीबाट भारतीय केन्द्रीय जाँच एजेन्सी (एनआईए)

नेप्सेको पुनर्संंरचना : सीईओ चापागाईंले चपाउन सक्लान् ‘फलामे च्युरा’ ?

काठमाडौं – वि.सं. २०७८ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख

डेढ वर्षअघि विद्यालयबाट चोरिएका ल्यापटप बोरामा हालेर पुरेको अवस्थामा भेटिए

काठमाडौं- ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ स्थित पार्टीडाँडा माध्यमिक विद्यालयबाट डेढ वर्ष

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध र मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,