काठमाडौंमा देखिएन उत्साह : कीर्तिपुरमा ०७९ भन्दा १२ प्रतिशत कम मत खस्यो « Khabarhub

काठमाडौंमा देखिएन उत्साह : कीर्तिपुरमा ०७९ भन्दा १२ प्रतिशत कम मत खस्यो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकामा ६७ प्रतिशत मतदान भएको छ । ०७९ को निर्वाचनमा यस नगरपालिकामा ७९.२४ प्रतिशत मतदान भएको थियो ।

यस पटकको उपनिर्वाचनमा यहाँ जम्मा ३१ हजार १ सय २२ मतदाता थिए । तर करिब २० हजार हाराहारीमा मात्र मत खसेको आयोगको प्रारम्भिक अनुमान छ ।

०७९ को निर्वाचनमा ३० हजार ३ सय २२ मतदाता थिए । त्यसमा २४ हजार ३२ ले मतदान गरेका थिए । ०७९ को भन्दा यहाँ १२ प्रतिशतले कम मतदान भएको हो ।

आयोगले अनुसार ६७ प्रतिशत मत खसेको अनुमान गरिएको जनाएको छ । आयोगका एक कर्मचारीले भने, ‘यो प्रारम्भिक विवरण हो । अहिले मतपेटिका सिल हुँदै छ पूर्ण विवरण आउन बाँकी छ ।’

कीर्तिपुरमा ११ जना स्वतन्त्र उम्मेदवार र ८ जना दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ मा कीर्तिपुरको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी ९ हजार ४३ मतसहित विजयी भएका थिए ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी एमाले उम्मेदवार केशरत्‍न बज्राचार्यलाई ३,५३६ मतान्तरले पराजित गरेका थिए ।

यस्तै काठमाडौं १६ नम्बर वडामा पनि करिब ५० प्रतिशत मात्रै मत खसेको निर्वाचन आयोगको प्रारम्भिक नतिजा छ । यहाँ ०७९ को निर्वाचनमा वडा अध्यक्ष पदको मत १० हजार ६० थियो । यो पटक कम मत खसेको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : २५ बजे

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका