देउवाले मतदातालाई दिए धन्यवाद « Khabarhub

देउवाले मतदातालाई दिए धन्यवाद


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार सम्पन्न उपनिर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद दिएका छन् । मतदान सकिए लगत्तै एक विज्ञप्ती जारी गर्दै देउवाले प्रतिकूल वातावरणमा पनि सक्रिय रूपमा मतदाताहरूले मतदान गरेको भन्दै धन्यवाद दिएका हुन्।

‘देशका विभिन्न पालिकामा रिक्त पदहरूका लागि आज भएको उपनिर्वाचनमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिनु भएको छ । आजको उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ । यो विश्वास कायम राख्ने ढंगले कार्य गर्न सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको छ’ विज्ञप्तीमा उल्लेख छ ।

देउवाले मतपेटिका संकलन र मतगणना कार्यमा सतर्कता अपनाउन पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : ३८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्