मालपोत कार्यालयका पूर्व कर्मचारी १ लाख घुससहित पक्राउ | Khabarhub Khabarhub

मालपोत कार्यालयका पूर्व कर्मचारी १ लाख घुससहित पक्राउ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– भूमिसुधार तथा मालपोत कार्यालय बाराको मुद्दा फाँटका पूर्व कर्मचारी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मगाएका फाइलहरु रोकिदिने भन्दै सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुससहित हरिमोहन सिंह क्षेत्री पक्राउ परेका हुन् ।

हरिमोहन मालपोत कार्यालयको मुद्दा फाँटमा करार सेवामा कार्यरत थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयले जग्गा विवादसँग सम्बन्धित एउटा फाइल मगाएको र सो फाइल अख्तियारमा नपठाइदिने भन्दै क्षेत्रीले सेवाग्राहीसँग घुस मागेका थिए ।

क्षेत्रीलाई सेवाग्राहीसँग लिएको घुस रकमसहित मालपोत कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ४ : ४८ बजे

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर