कपिलवस्तुको शुद्धोधन– १ मा एमालेको जित « Khabarhub

कपिलवस्तुको शुद्धोधन– १ मा एमालेको जित


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमाले उम्मेदवार मोहमद ताहिर मुसलमान निर्वाचित भएका छन्।

आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमाले उम्मेदवार मुसलमान एक हजार १५० मत ल्याएर निर्वाचित भएको निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेशकुमार यादवले १ हजार ७६ मत प्राप्त गरे । त्यस्तै, जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४२३ मत ल्याउँदा जसपा नेपालका रामबहादुर कुर्मी चौधरीले ३४१ तथा माओवादीका रफि मोहम्मदले १३८ मत ल्याए ।

यसअघि यो वडामा नेपाली कांग्रेसले जितेको थियो।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ४३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्