निःशुल्क स्वास्थ्य शिविरबाट एकहजार बढी लाभान्वित | Khabarhub Khabarhub

निःशुल्क स्वास्थ्य शिविरबाट एकहजार बढी लाभान्वित


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् ।

रघुगङ्गा गाउँपालिका र नेलम्बो नेपाल पोखराको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको शिविरबाट एक हजार एक सय २७ जनाले सेवा लिएका हुन् ।

रघुगङ्गा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख टीकाबहादुर शाहीले सात सय ८५ महिला र तीन सय ४२ जना पुरुषले शिविरबाट सेवा लिएको जानकारी दिए ।

शिविरमा हाडजोर्नी तथा नशा, छाला, सामान्य चिकित्सा, स्त्रीरोग, नाक, कान घाँटी र दाँत रोगसम्बन्धी बिरामीको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, ईसीजी, प्रयोगशालासँगै परामर्श र निःशुल्क औषधि वितरण गरिएको छ ।

शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य, चिकित्सक विनोद बराल, विशाल सापकोटा, मनिसा बराल, दीक्षा क्षेत्रीसहित २० जना बढीको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले बेग, भगवती, पिप्ले, दग्नाम, झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गलेका बासिन्दाले सेवा लिएको बताए । भौगोलिक विकटता, आर्थिक अभाव र पारिवारिक समस्याका कारण उपचार सेवा नपाएका बिरामीलाई लक्षित गरेर शिविर आयोजना गरेको उनको भनाइ छ ।

भौगोलिकरुपमा टाढा रहेका वडा नम्बर ४, ५, ६, ७ र ८ का सर्वसाधारणलाई शिविरमा ल्याएर स्वास्थ्य उपचार लिनका लागि वडाको समन्वयमा यातायातको प्रबन्ध मिलाइएको थियो ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : ३५ बजे

आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह

काठमाडौं – आठ जना प्रहरी नायब महानिरीक्षकहरूले दर्ज्यानी चिन्ह पाएका

उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई

शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल 

काठमाडौं– शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त भएका छन् 

कार्यकालको अन्तिममा राष्ट्रपति बाइडेनले दिए छोरा हन्टरलाई माफी

एजेन्सी – मेरिकी राष्ट्रपति जो बाइडेनले दुई आपराधिक मुद्दामा सजाय

अनिलको अर्धशतकमा कर्णालीमाथि जनकपुरको सहज जीत

काठमाडौं– नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले