एनपीएल : चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित | Khabarhub Khabarhub

एनपीएल : चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ ।

काठमाडौँ गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेल्ने क्रममा दुई चौका र एक छक्का प्रहार गरे । यस्तै लुक बेन्केनस्टाइनले २२, हसन इशाखिलले १२, कप्तान कुशल मल्लले ११ र रवि बोपराले ११ तथा शरद भेषवाकरले अविजित ११ रन बनाए ।

बलिङतर्फ काठमाडौँ गुर्खाजका लागि शाहब आलमले तीन तथा गेहार्ड इरास्मस र डान डाउथवेटले एक एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो ।

काठमाडौँका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोडे । त्यस्तै माइकल लेभिटले १६ बलमा चार चौका र एक छक्का हान्दै २५ रन बनाए । डान डाउथवेटले अविजित १९ र शंकर रानाले १६ रन बनाए ।

बलिङतर्फ चितवन राइनोजका लागि सोहेल तन्भिर एक्लैले पाँच विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए । यस्तै रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टाइनले एक एक विकेट लिए ।

केहीबेरमा अर्को खेल जनकपुर वोल्ट्स र कर्णाली याक्सबीच सुरु हुँदै छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : २८ बजे

वडादेखि केन्द्रसम्मका अधिवेशनलाई समयमै सम्पन्न गर्न क्यालेन्डर बनाउनुपर्छ : सरिता प्रसाईँ

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले समयमा नै पार्टीको महाधिवेशन सम्पन्न

प्रधानमन्त्रीद्वारा बेलिब्रिजको उद्घाटन

सुर्खेत– कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको

नोभेम्बरमा दक्षिण कोरियामा नेपाल-कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

सियोल– दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म

राज्यका हरेक संरचनामा दलितको जनसङ्ख्याको आधारमा सहभागिताको माग

काठमाडौं– विभिन्न राजनीति दलका नेताले राज्यका सबै संरचनामामा दलित समुदायको