सोमबार २० अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब बढी | Khabarhub Khabarhub

सोमबार २० अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब बढी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब २० अंकले बढेको छ । आज नेप्से १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ ।

नेप्से ०.७२ प्रतिशतले बढ्दा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर कारोबार भएको छ।

आज १२६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज बजार खुल्ला रहदाँसम्म ३१४ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३ हजार ४८१ पटक शेयर किनबेच भएको छ ।

सोमबार ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । १३ वटा समूह मध्ये ९ वटा समूहको मूल्य बढेको छ भने ३ वटा समूहको मूल्य घटेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ३ : २१ बजे

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब