कार्यकालको अन्तिममा राष्ट्रपति बाइडेनले दिए छोरा हन्टरलाई माफी « Khabarhub

कार्यकालको अन्तिममा राष्ट्रपति बाइडेनले दिए छोरा हन्टरलाई माफी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मेरिकी राष्ट्रपति जो बाइडेनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई आइतबार आधिकारिक माफी दिएका छन् ।

‘हन्टरको मुद्दाको तथ्यलाई हेर्ने कुनै पनि तर्कसङ्गत व्यक्ति अन्य कुनै निष्कर्षमा पुग्न सक्दैन, हन्टरलाई मेरो छोरा भएको कारण मात्र दोषी ठहराइयो र यो गलत हो,’ राष्ट्रपति बाइडेनले एक विज्ञप्तिमा भनेका छन् ।

विशेषगरी यस्तो समयमा जब भावी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई र न्याय विभागमा वफादारहरू नियुक्त गर्ने क्रम अघि बढिरहेका बेला चालिएको यो कदमले अमेरिकी न्यायिक प्रणालीको स्वतन्त्रतामाथि नयाँ अनुसन्धान अघि बढाउने निश्चित छ ।

‘बाइडेन जुनियर’लाई यसै वर्षको सुरुमा बन्दुक किन्दा लागूऔषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको थियो र उनले कर छलीको छुट्टै मुद्दामा पनि आफ्नो दोष स्वीकार गरेका छन् तर, उनले सजाय भोगेका छैनन् ।

जनवरी २० मा ट्रम्पले कार्यभार सम्हाल्नुअघि आफ्नो कार्यकालको अन्तिम हप्तामा रहेका जो बाइडेनले पटक–पटक आफ्नो छोरालाई माफी नदिने बताउँदै आएका थिए ।

‘मैले न्याय विभागको निर्णय प्रक्रियामा हस्तक्षेप नगर्ने भनेको थिएँ र मैले मेरो छोरालाई अन्यायपूर्ण तरिकाले मुद्दा चलाएको देखेपनि आफ्नो वचन कायम राखेको छु,’ राष्ट्रपति बाइडेनले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले भनेका छन्, ‘काङ्ग्रेस (संसद्)मा मेरा धेरै राजनीतिक प्रतिद्वन्द्वीहरूले उनीहरूलाई ममाथि आक्रमण गर्न र मेरो चुनावको विरोध गर्न उक्साएपछि मात्र उनको मुद्दामा आरोप लगाइएको हो।’

‘म न्याय प्रणालीमा विश्वास गर्छु, तर जसरी मैले यससँग कुस्ती खेलेको छु, मलाई यो पनि विश्वास छ कि कच्चा राजनीतिले यो प्रक्रियालाई सङ्क्रमित गरेको छ र यसले न्यायको तुषारापात गराएको छ।’

सर्वोच्च अदालतले राष्ट्रपति पदीय उन्मुक्तिसम्बन्धी व्यापक फैसला सुनाएपछि नवनिर्वाचित राष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दाहरू रोकिएका बेला यो माफी आएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : १५ बजे

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

खोटाङ– दिक्तेल बजारको भानुचोकमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको

म्याग्दीको मंगलामा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको रहेछ : गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको

भक्तपुरका विभिन्न ठाउँबाट ६० बढी व्यक्ति पक्राउ

भक्तपुर– प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्‍याउने ६० भन्दा बढी व्यक्तिलाई

पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट

पाल्पा- लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे