उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ « Khabarhub

उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को आज शभाराम्भ गरेका छन् । गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा उनले मेला शुभाराम्भ गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त अवसरमा उपराष्ट्रपति यादवले धर्मपत्नी चम्पादेवी र परिवारका अन्य सदस्यसहित गढीमाई मन्दिरको दर्शन तथा पूजा आराधना गरे। उपराष्ट्रपति यादवलाई मन्दिर परिसरमा पूर्वमन्त्री, पूर्वसांसद्, स्थानीय सुरक्षा अधिकारी, गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका पदाधिकारी, सम्बन्धित नगरपालिका तथा बाराका अन्य पालिकाका जनप्रतिनिधि तथा उपस्थित श्रद्धालु भक्तजनले स्वागत गरेका थिए ।

उपराष्ट्रपति यादवले गढीमाई मेलाको अवलोकन गर्नुका साथै मेलाको व्यवस्थापनबारे मूल समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवसहितका पदाधिकारी तथा सुरक्षाकर्मीसँग जानकारी लिँदै मेला सफलताको कामना गरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : ४० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्