बेइजिङ पुगे प्रधानमन्त्री ओली, उपमन्त्री सुनले गरे स्वागत « Khabarhub

बेइजिङ पुगे प्रधानमन्त्री ओली, उपमन्त्री सुनले गरे स्वागत


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् ।

चार दिने भ्रमणमा सोमबार बेइजिङ पुगेका उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

ओलीको यो चार दिने चीन भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप गाढा बनाउने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता, द्विपक्षीय समझदारी पत्रहरूमा हस्ताक्षर, र बहुपक्षीय सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गत सहकार्यलाई औपचारिक बनाउन समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ।

चीनसँग मस्यौदाका दुईवटा प्रस्ताव बनाइएको छ- एक हस्ताक्षरका लागि र अर्को थप छलफलका लागि । भ्रमणका क्रममा विभिन्न पूर्वाधार परियोजना अघि बढाउने सहमति हुने सम्भावना छ ।

काठमाडौं रिङरोडको स्तरोन्नति
टोखा-छहरे सुरूङमार्ग निर्माण
जिलुङ-केरुङ-काठमाडौं रेलमार्ग अध्ययन
खाँदबारी-किमाथांका सडकमा मितेरी पुल निर्माण

चीनले मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि सहयोग गर्नेछ। नेपाली र चिनियाँ जनताबीच सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्न भाषा विकासका कार्यक्रम अघि बढाइनेछ।

चीनले २० मिलियन अमेरिकी डलर नगद अनुदान र ३०० मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने सहमति हुनेछ।

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा-५ मा स्पोर्ट्स कम्प्लेक्स।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा सभाहल निर्माण।

मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्नेछन्। बुधबार उनले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ।

चीन भ्रमणको टोलीमा सरकारी टोलीमा ३९ जना र निजी क्षेत्रबाट ४८ जना रहेका छन् । ओलीको टोली आगामी मंसिर २० गते काठमाडौं फर्किने छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ५ : ३५ बजे

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘आफन्तवाद र नातावादलाई निषेध गर्नुपर्छ’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना