यस्तो छ चीन र नेपालबीचको ९ बुँदे समझदारी « Khabarhub

यस्तो छ चीन र नेपालबीचको ९ बुँदे समझदारी

भैँसीको मासु चीन पठाउने बाटो खुल्यो


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच ९ वटा विषयमा सहयोग आदान प्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि छ्याङसँग बेइजिङमा मंगलबार सम्पन्न दुईपक्षीय भेटवार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालबाट जानकारी दिए ।

दुई देशका प्रधानमन्त्रीबीच कनेक्टिभिटी, औधोगिक विकास, पूर्वाधार, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान प्रविधि, खेलकुद, प्रकोप व्यवस्थापन लगायतका क्षेत्रमा छलफल भएको ढकालले जानकारी दिए ।

त्यसैगरी जनता जनताबीचको सम्बन्ध बढाउने र गरिवी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने विषयमा पनि कुराकानी भएको ढकालले बताए ।

चीन नेपालबीच भएको समझदारीअनुसार टोखा छहरे सुरुङ मार्ग निर्माणमा चीनले सहयोग गर्ने भएको छ । यद्यपि यो विषय यसअगाडि नै छलफलमा आएको परियोजना हो ।

अरू पनि धेरै समझदारीहरू पुरानै प्रकृतिका छन् । प्रधानमन्त्री ओली चीन जानु अगाडि चर्चामा रहेको पोखरा विमानस्थलको चिनियाँ ऋणलाई अनुदानमा परिणत गर्नेबारे के कुराकानी भयो भन्ने खुलेको छैन ।

प्रधानमन्त्री ओली चीन उड्नु अगाडि नेपालमा बेल्ड एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना अन्तर्गत ऋण लिने या सहयोग मात्र भन्ने विषय विवादमा रहेको थियो ।

नयाँ नौबुदे समझदारी अनुसार अब नेपालले चीनमा भैँसीको मासु निर्यात गर्ने बाटो खुलेको छ ।

यी हुन् सहमतिका ९ बुँदा
१- टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदान-प्रदान
२- नेपाल चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र
३- नौतले वसन्तपुर दरबार पुनः निर्माण सम्पन्न प्रमाण पत्रको आदान प्रदान

४- थर्मल्ली प्रोसेस्ड बफेल्लो मिट निर्यातसम्बन्धी प्रोटोकल
५- विकास योजनासम्बन्धी समझदारीपत्र
६- आर्थिक तथा प्रविधिक सहयोगसम्बन्धी समझदारी पत्र
७- नगर सहयोगसम्बन्धी पत्र आदान प्रदान
८- स्वयंसेवी चिनियाँ भाषा शिक्षासम्बन्धी समझदारी पत्र

९- नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्र

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १ : ०१ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट