पोखरालाई पहिलै ओभरमा झट्का, पहिलो ओभरमै गुमायो तीन विकेट | Khabarhub Khabarhub

पोखरालाई पहिलै ओभरमा झट्का, पहिलो ओभरमै गुमायो तीन विकेट


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा एभेन्जर्स सुरुमै संकटमा परेको छ।

पोखराले पहिलो ओभरमै कडा झट्का ब्यहोरेको छ ।  पहिलो ओभरको ५ बलमै उसले ओ‌पनर र तेस्रो क्रमका ब्याटरलाई गुमाएको छ ।

पोखरका ओपनर एवम् कप्तान कुशल भुर्तेल र तेस्रो क्रमका दीलिपनाथ केबल ४ रनमै पवेलियन फर्किएका छन् ।

पोखरले ओपनर तथा कप्तान कुशल भुर्तेल र अर्का ब्याटर दिलिप नाथलाई गुमाएको हो ।

कुशल पहिलो ओभरको पहिलो बलमै सोहल तनवीरको बलमा रवि बोपरामार्फ क्याच आउट भए ।

कुनै रन नै बनाउन नपाई मैदानबाट कुशल बाहिरिएपछि क्रिजमा दीलिपनाथ आएका थिए । उनी पनि सोहलकै बलको शिकार भए ।

चार बलमा चार रन जोडेका उनलाई सोहलले दीपक बोहोरामार्फत क्याच आउट गराए ।

पोखराका चौथो क्रमका बास डे लिडे पनि खाता नै खोल्न नपाई आउट हुँदा चितवन भने उत्साहित भएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : ५९ बजे

मदन पुरस्कार २०८१ : उत्कृष्ट सात पुस्तक सार्वजनिक

काठमाडौं- नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात

नेपालको राजनीति बीपीको मेलमिलाप नीतिको जगमा छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति

प्रधानमन्त्री र चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोग

चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका हुँदै ल्याइँदै

रसुवा– रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा

विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’

भोजपुर– कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक