शैक्षिक अनुसन्धान केन्द्रको भवन निर्माण हुँदै « Khabarhub

शैक्षिक अनुसन्धान केन्द्रको भवन निर्माण हुँदै


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर – यहाँ शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको छ । शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले भोजपुर नगरपालिका–८ पोखरेमा भवनको शिलान्यास गरिएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिले निर्माण थालेको भवनको कोशी प्रदेशका पूर्वमूख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई र कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

भवन निर्माणका लागि कोशी प्रदेश सरकारबाट रु २५ लाख र स्थानीय पालिकाबाट रु १४ लाख ५० हजार बजेट विनियोजन भएको राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका अध्यक्ष ध्रुवराज रेग्मीले जानकारी दिए। यो भवनबाट जिल्लाको शैक्षिक अवस्था तथा नवीनतम विषयवस्तुको खोज तथा अनुसन्धान गरिने अध्यक्ष रेग्मीको भनाइ छ ।

‘शैक्षिक क्षेत्रको विकास तथा खोज अनुसन्धान गर्ने लक्ष्यले शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरेका छौँ’, अध्यक्ष रेग्मीले भने, ‘भवन निर्माणका लागि प्रदेश सरकारसँगै स्थानीय पालिकाहरुको बजेटमा निर्माण थालेका छौँ, शिक्षहरुबाट पनि स्वतःस्फूर्त रुपमा रकम संकलन गरिरहेका छौँ ।’

अनुसन्धान केन्द्र शिक्षक भवन निर्माणका लागि पौवादुङमा गाउँपालिकाबाट तीन लाख, टेम्केमैयुङ गाउँपालिकाबाट दुई लाख ५० हजार, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र अरुण गाउँपालिकाबाट दुई-दुई लाख, हतुवागढी, आमचोक र साल्पासिलिछो गाउँपालिकाबाट एक-एक लाख गरी पालिकाहरुबाट १४ लाख ५० हजार बजेट विनियोजन भएको जनाइएको छ ।

संगठनको नाममा रहेको तीन रोपनी एक आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण थालिएको सङ्गठनका सचिव विष्णुकुमार राईले बताए।

भवनको शिलान्यास गर्दै पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले अनुसन्धान केन्द्र शिक्षक भवनले यहाँको शैक्षिक विकास तथा खोज अनुसन्धानमा सहयोग पुग्ने बताए। सामुदायिक विद्यालयहरुको खस्किँदो शैक्षिक अवस्थाको सुधारसँगै भोजपुरबाट उत्पादित जनशक्तिलाई सक्षम र सफल बनाउन भवनको प्रयोग हुनुपर्नेमा उनले जोड दिए।

कोशी प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएका योजनाहरुलाई समयमा सम्पन्न गराउन आवश्यक पहलकदमी गरिरहेको राज्यमन्त्री राईले जानकारी दिए।

पौवादुङमका अध्यक्ष किरण राईले शैक्षिक अनुसन्धान केन्द्र निर्माणका लागि गाउँपालिकाले पनि आवश्यक सहयोग गरेको बताए। भवन निर्माणले शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धानमा टेवा पुग्ने राखे ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ४ : १२ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार