जाजरकोटमा चट्याङ लागेर २ सय ३३ भेडा मरे | Khabarhub Khabarhub

जाजरकोटमा चट्याङ लागेर २ सय ३३ भेडा मरे


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- चट्याङ लागेर जाजरकोटमा २ सय ३३ भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा शनिवारको हावाहुरीसँगै लागेको चट्याङका कारण २ सय ३३ भेडा मरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन्। यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो ।

कुशे गाउँपालिकाका किसान, व्यावसायिकरूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन् । भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या हुने कुशे गाउँपालिका–८ कफल्लाका दुर्गबहादुर रोकायले बताए ।

 

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ९ : १५ बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्