कालिञ्चोक मन्दिर आसपासका अनधिकृत घर-टहरा हटाउन निर्देशन « Khabarhub

कालिञ्चोक मन्दिर आसपासका अनधिकृत घर-टहरा हटाउन निर्देशन


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- जिल्ला प्रशासन कार्यालय दोलखाले कालिञ्चोक मन्दिर आसपास तथा कुरी क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण बढेको भन्दै अनधिकृत रूपमा बनाइएको घर टहरा तथा भौतिक संरचना हटाउन निर्देशन दिएको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै विसं २०७५ भदौ १४ गतेको भएको सम्झौता विपरीत अतिक्रमण बढेको जनाएको छ । सम्झौता विपरीत सार्वजनिक जग्गा अतिक्रमण गर्दै घर टहरा बनाएमा कानून बमोजिम कारवाही हुने जनाएको छ । विगत वर्षदेखि सो क्षेत्रमा अनधिकृत रूपमा बनाइएको घर टहरा हटाउन जिल्ला प्रशासन कार्यालय दोलखाले अनुरोध गरेको हो ।

जग्गा अतिक्रमण नियन्त्रणका लागि सरोकारवाला समेतको उपस्थितिमा भदौ १४ गतेको निर्णयलाई बेवास्ता गरी कोही कसैले उक्त क्षेत्रमा जग्गा अतिक्रमण गरी घर टहरा निर्माण गरेको भए हटाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

कार्यालयले जग्गा अतिक्रमण गरी घर टहरा बनाइरहेको भए तुरुन्त सो कार्य रोक्न सुसूचीत गरेको उहाँले बताए । सूचनाको बेवास्ता गरी सो क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएमा कानून बमोजिम कडा कारवाही गरिने सूचनामा उल्लेख छ ।

ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय धरोहर कालिञ्चोक मन्दिरले दोलखाको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सो आसपासका सार्वजनिक जग्गाको सबैले संरक्षण र सम्वद्र्धन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

यसअघि भदौमा जिल्ला प्रशासन कार्यालयसहित बसेको सर्वपक्षीय बैठकले कुरी क्षेत्रमा ४० घरभन्दा नबढाउने सहमति भएको थियो । सहमति भए पनि हाल सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले घर बनाउँदै आएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ९ : ३० बजे

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

काठमाडौँ – आज चैत ५ गते, शरीरमा तेल लगाउने र

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा