नेप्सेमा २५ अंकको गिरावट, १३२ कम्पनीको शेयर मूल्य घट्यो  « Khabarhub

नेप्सेमा २५ अंकको गिरावट, १३२ कम्पनीको शेयर मूल्य घट्यो 


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४.९७ अंकले घटेको छ । नेप्से ०.८९ प्रतिशतले घटेर २७५०.८७ विन्दुमा पुगेको हो । नेप्से घट्दा १३२ वटा कम्पनीको शेयर मूल्य पनि घटेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

आज बजार घट्दा ९ अर्ब १३ करोड २४ लाख ६८ हजार रुपैयाँ बराबरको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर कारोबार भएको छ ।

३२० वटा कम्पनी कारोबारमा आउँदा ९८ ६७७ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये २ समूह बढेको छ भने बाँकी ११ समूह घटेको छ । हाइड्रोपावर समूह ०.३५ प्रतिशतले बढेर ३ हजार ६३९.१९ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन ०.१६ प्रतिशतले बढेर ६ हजार ८१५.४८ विन्दुमा पुगेको छ ।

आज सबैभन्दा बढी ट्रेडिङ समूह ८.७२ प्रतिशतले घटेर ४ हजार ८९४.५७ विन्दमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.४१ प्रतिशतले, विकास बैंक २.१७ प्रतिशतले, फाइनान्स १.०९ प्रतिशतले, होटल तथा पर्यटन ०.३३ प्रतिशतले, लगानी ०.०४ प्रतिशतले, जीवन बिमा १.४७ प्रतिशतले, लघुवित्त ०.३० प्रतिशतले, म्युचुअल फण्ड ०.३८ प्रतिशतले, निर्जीवन बिमा ०.४६ प्रतिशतले र अन्य समूह ०।६२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ३ : १२ बजे

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट

सुर्खेतमा करिब ३८ हजार ग्यास वितरण, अभाव कायमै

कर्णाली – विगतमा प्रतिमहिनामा २०/२६ हजारले पुग्ने सुर्खेतमा साउनको २०

मधेसमा ९५ प्रतिशत रोपाइँ

जनकपुरधाम – मधेस प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको