काठमाडौं– लुम्बिनी लायन्सविरुद्ध जावाफी ब्याटिङमा उत्रिएको विराटनगर किङ्सका ओपनर लोशक बमले अर्धशतक पूरा गरेका छन् ।
लुम्बिनीले दिएको १९२ रनको चुनौती पछ्याउने क्रममा टप अर्डरका अरु ब्याटर फ्लप हुँदा लोकेशले विराटनगरलाई सम्हालेका हुन् ।
उनले ३६ बलमा २ छक्का र ४ चौका प्रहार गर्दै ५२ रन बनाएर अर्धशतक पूरा गरेका हुन् ।
उनी जारी एनपीएलमा अर्धशतक पूरा गर्ने सातौँ ब्याटर बनेका छन् । यसअघि शिखर धवन, रवि बोपारा, दीपेन्द्र सिंह ऐरी, अनिल साह, लाहिरु मिलान्था र मार्टिन गप्टिलले अर्धशत प्रहार गरेका थिए ।
लोकेश ताजा अवस्थामा ४२ बलको सामना गर्दै ६४ रन बनाएर क्रिजमा छन् । उनलाई बसिर अहमदले १८ बलमा ३० रन बनाउँदै साथ दिइरहेका छन् ।














प्रतिक्रिया