निर्यातमा जोड दिने कर्णाली प्रदेश सरकारको नीति « Khabarhub

निर्यातमा जोड दिने कर्णाली प्रदेश सरकारको नीति


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले प्रदेश सरकारले निर्यातमा जोड दिने नीति लिएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएको केसीले उत्पादनको प्रचुर सम्भावित क्षेत्र कर्णाली प्रदेश र त्यसमा पनि जुम्ला भएकाले निर्यातमुखी उत्पादनमा प्रदेश सरकारले यो नीति लिएको बताए ।

कर्णालीलाई आत्मनिर्भर बनाउन सम्भाव्यता अध्ययन गरी मध्यकालीन र दीर्घकालीन योजना निर्माणतर्फ सरकार लागेको उहाँले बताए । मन्त्री केसीले भने, “कर्णाली प्रदेशको जुम्ला स्याउ, सिमी, ओखर कालीमार्सी धानलगायतका अर्गानिक खाद्य तथा फलफूल बालीको उर्बर भूमि हो । डोल्पा र मुगु जिल्ला जडिबुटीको भण्डार हो । यहाँ बिजुलीको ठूलो मेगा परियोजना सञ्चालन गर्न सकिने धेरै सम्भावना छ । अब लगानीको खाँचो छ ।”

उनले उद्योग कलकारखाना, बहुआयमिक कोल्डस्टोर सञ्चालनमा ल्याउनका लागि सबैभन्दा पहिला बिजुली उत्पादन र कर्णाली राजमार्गलाई सहज बनाउनका लागि कर्णाली प्रदेशले लगानी गर्ने र त्यसको निम्ति वातावरण सिर्जना गरिने प्रतिवद्धता व्यक्त गरे ।

यसैबीच, जुम्लामा उत्पादित दूधले बजार नपाएको सन्दर्भमा मन्त्री केसीले बिहान बेलुका रक्सी नभई दूध खाने संस्कारको विकास गर्न जुम्लीवासीलाई आग्रह गरे ।

जुम्ली नागरिक सबैले रक्सी खानु हुन्छ मैले भनेर हेप्न खोजेको होइन उहाँले भन्नुभयो, “यद्यपि रक्सी खानेले यसमा गम्भीर हुन जरुरी छ ।” उनले नेपालीको महान पर्व तीजका अवसरमा अर्गानिक वस्तु उत्पादन तथा उपभोगको संकल्प गर्न कर्णालीका हरेक नागरिकसँग अपिल गरे ।

किसान मात्र नभएर कर्मचारी, नेता, पत्रकार सबैले आ–आफ्नो आँगनमा तरकारी तथा अन्य फलफूल खेती गर्न पनि उनले सुझाएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ९ : ४५ बजे

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक