त्रिवि र केयुमा लगाइएको ताला खोल्न शिक्षामन्त्रीको निर्देशन « Khabarhub

त्रिवि र केयुमा लगाइएको ताला खोल्न शिक्षामन्त्रीको निर्देशन


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा लगाइएको ताला खोली परीक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । उनले विद्यार्थीका जायज माग पूरा गरेर तोकिएको समयमै प्रवेश परीक्षा सञ्चालनको वातावरण बनाउन दुवै विश्वविद्यालयका पदाधिकारीलाई आज निर्देशन दिनुभएको मन्त्रीका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिए ।

उनले विद्यार्थीका माग पूरा गराउन तत्काल वार्ता समिति गठन गर्न दुवै विश्वविद्यालयलाई निर्देशन दिए । त्रिवि महाराजगञ्ज चिकित्सा अध्ययन संस्थान र महाराजगञ्ज डीनको कार्यालय तथा परीक्षा शाखामा चिकित्सा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनलगायतका विद्यार्थीले आइतबारदेखि ताला लगाएका छन् ।

विद्यार्थीले समग्र चिकित्सा सुधारको माग गर्दै ताला लगाएका हुन् । संस्थानले यहि भदौ २१ गते एमबिबिएसका लागि प्रवेश परीक्षा तोकेको छ ।

यसैगरी त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले कुनै पनि समस्याको समाधान वार्ता, सम्वाद र छलफलबाट हुने भएकाले वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरे ।

सोमबार विज्ञप्ति जारी गदै उनले डीन कार्यालयले तत्कालै वार्ता समिति गठन गरी सकेकाले वार्तामा आउन आग्रह गरेका हुन् । उनले वार्ता समितिसँग छलफल गरी समस्या समाधान गर्न आग्रह गर्दै लगाइएको ताला खोली आम विद्यार्थीको जीवनसँग जोडिएको प्रवेश परीक्षा सूचारु रुपले सञ्चालन गर्ने वातावारण सिर्जना गरी दिन हुन सम्बन्धितलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : ४५ बजे

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा