कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश « Khabarhub

कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङमा जारी दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगितामा गोधुली फुटबल क्लब धरानले फाइनल यात्रा तय गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा तेह्रथुमको सम्दु फुटबल क्लबलाई प्यानल्टी सुटआउटमा ५–२ ले पराजित गर्दै गोधुलीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा खेल ४–४ को बराबरीमा टुङ्गिएपछि प्यानल्टी सुटआउटमा निर्णय भएको थियो । बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापाको न्यू स्टार क्लब बिर्तामोड र इलामको रेड डेभिल्स माइजोगमाईबीच प्रतिस्पर्धा हुनेछ ।

शनिबार हुने फाइनलमा विजेताले ट्रफीसहित रू तीन लाख दुई हजार ८१ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रू एक लाख ५१ हजार ८१ नगद पुरस्कार पाउनेछ ।

प्रतियोगिता लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा चासोक तङ्नाम सञ्चालन समितिले आयोजना गरेको हो । समिति संयोजक चन्द्रकुमार थेबेका अनुसार खेलले समुदायबीचको सद्भाव र खेलकुदको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ९ : १४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले