दक्षिण कोरियाका निवर्तमान रक्षा मन्त्री किममाथि भ्रमण प्रतिबन्ध « Khabarhub

दक्षिण कोरियाका निवर्तमान रक्षा मन्त्री किममाथि भ्रमण प्रतिबन्ध


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण कोरियाका निवर्तमान रक्षा मन्त्री किम योङ हानमाथि भ्रमण प्रतिबन्ध लागेको छ । बिहीबार बिहान मात्र राष्ट्रपति योलबाट राजीनामा स्वीकृत भएपछि पदमुक्त भएका उनलाई प्रहरीले प्रतिबन्ध लगाएको हो ।

किम भागेर अन्य स्थानमा जाने सम्भावनालाई दृष्टिगत गर्दै सो निर्णय गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । मंगलबार राष्ट्रपतिले सैन्य शासनको घोषणा गर्नका आफू पनि जिम्मेवार रहेको स्वीकार गर्दै उनले माफी सहित राजीनामा दिएका हुन् ।

सैन्य शासन फिर्ता लिएका राष्ट्रपति युन सुक योल माथिको महाअभियोग पारित भएमा १० वर्षको अन्तरमा यसै गरी पदमुक्त हुने उनी दोस्रो राष्ट्रपति हुने छन् । यस अघि सन् २०१६ मा मार्क जयुन हायमाथि पनि महाअभियोग पारित भएको थियो ।

दक्षिण कोरियामा महाअभियोग पारित हुनका लागि संसद्को ३०० सदस्य मध्य २०० जनाको प्रस्तावमा समर्थन चाहिन्छ। तर त्यो नै पर्याप्त हुँदैन । त्यो निर्णय संवैधानिक अदालतबाट अनुमोदन हुन आवश्यक छ । यसका लागि संवैधानिक अदालतको ९ जनाको बेन्चको ६ जनाले संसद्ले पास गरेको महाअभियोग प्रस्तावलाई स्वीकार गर्न पर्ने छ ।

यसअघि सन् २०१६ मा हाय माथिको महाअभियोग संवैधानिक अदालतले पनि स्वीकार गरेको थियो । परन्तु सन् २००४ मा तत्कालीनमा रुन म्यो हुन विरुद्धको महा अभियोग संसद्ले पारित गरे पनि संवैधानिक अदालतले हुनलाई पुर्न स्थापित गरेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  १२ : २८ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा