कुशल ‘फ्लप’ हुँदा दबाबमा पोखरा, दुवै खेलमा फराकिलो पराजय | Khabarhub Khabarhub

कुशल ‘फ्लप’ हुँदा दबाबमा पोखरा, दुवै खेलमा फराकिलो पराजय


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरहरा परिसरमा गत मंसिर ११ गते आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आठै टिमका कप्तानको प्रशंसामा शब्द खर्चिए ।

आठ टिमका मार्की खेलाडीबाट ट्रफी सार्वजनिक कार्यक्रममा ओलीले पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलेको पनि खुलेर प्रशंसा गरे । ओलीले कुशलको प्रशंसा गर्दै ‘बलर हुन् कि ब्याटर छुट्याउन गाह्रो’ भनेका थिए ।

ओलील त्यतिमै रोकिएनन्, कुशलको खेल कौशल आफूले मात्रै नभएर विश्वले नै छुट्याउन नसकेको पनि उल्लेख गर्न भ्याए ।

‘पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्याउन गाह्रो हुने उनको कौशल छ’, ओलीले भनेका थिए, ‘मैले मात्र होइन, विश्वले नै छुट्याउन सकेको छैन जस्तो लाग्छ । यसपटक ९९ मा आउट हुन नपरोस्। शतक हान्नु, मेरो शुभकामना छ ।’

ओलीद्वारा फूलबुट्टा भरेर प्रशंसा गरिएका उनै कुशल जारी एनपीएलमा चल्न नसक्दा उनी नेतृत्वको पोखरा एभेन्जर्सले संघर्ष गर्नु परिरहेको छ ।

एनपीएलकै सबैभन्दा महंगो टोली पोखरा जारी एनपीएलका दुवै खेलमा पराजित भइसकेको छ, त्यो पनि फराकिलो अन्तरमा ।

निराशाजनक सुरुवात

मंसिर १८ गते भएको पहिलो खेलमा पोखरालाई छिमेकी चितवन राइनोजले ८७ रनको फराकिलो अन्तरले माथ खुवाएको थियो ।

कीर्तिपुर मैदानमा आफ्नो पहिलो खेलका लागि उत्रिएको पोखराले चितवनले दिएको १६२ रनको चुनौती पछ्याउँदा ७४ रनमै समेटिएको थियो । त्यो पनि पोखराले १३.२ ओभरमा सबै विकेट गुमाएर धरासायी भएको थियो ।

उक्त खेलमा जवाफी ब्याटिङ सम्हालेका कुशलले चितवनविरुद्ध खातासमेत खोल्न पाएनन् । ओपनर एवम् पोखराका कप्तान कुशलल पहिलै बलमै रनको खातै नखोली ‘रोयल डक’ भएर पवेलियन फर्किएन। उनलाई सोहल तानवीरले रवि बोपारमार्फत् क्याच आयट गराएका थिए ।

उक्त खेलको सुरुमै कप्तान एवम् भरोसा गरिएका ब्याटर आउट भएपछि पोखरा धरासायी भयो । पोखरा त्यसपछि लगातार ओरालो लाग्यो। उसले पहिलो ओभरमै तीन विकेट गुमायो। दिलीप नाथ पहिलो ओभरको पाँचौ बल र बास दे लीडे पहिलो ओभरको अन्तिम बलमा आउट भए ।

दोस्रो र तेस्रो ओभरमा विकेट जोगाएको पोखराले चौथो आभेर ओभरमा तीन विकेट गुमायो । चितवनका रिजन ढकालले चौथो ओभरको पहिलो बलमा दिनेश खरेल, चौथो बलमा किरण थगुन्ना र अन्तिम बलममा माइकल लिस्कलाई एलबीडब्ल्यूमा पारे ।

चौथो ओभर सकिँदा पोखरा धर्मराइसकेको थियो । उसले ६ विकेट गुमाउँदा ७ रन मात्रै जोडेको थियो । तर म्याथ्यु क्रिचली र नारायण जोशीले खेललाई जोगाइराखेर ७४ रनसम्म पुर्‍याएका थिए।

नारायणले २४ बलमा चीन चौका र दुई छक्का सहयोगमा ३० रन बनाए । म्याथ्यु क्रिचलीले १६ बलमा २ चौका सहयोगमा १७ रन बनाए पनि हारबाट जोगाउन सकेनन् । त्यो खेलमा चितवनले सहजै जित्दा अलराउन्डर लुक बेन्केस्स्टाइनले तीन विकेट झारे ।

दोस्रो खेलमा उही दशा

चितवनविरुद्धको खेलमा ओपनिङमा आएका कुशल जनकपुर बोल्ट्ससँग बिहीबार भएको खेलमा तेस्रो क्रममा आए ।

तेस्रो क्रममा आउँदा पनि कुशलले उही नियति दोहोर्‍याए । पहिलो खेलमा जस्तै कुशल फ्लप भए भने पोखरा एभेन्जर्स पनि ७ विकेटको फराकिलो अन्तरले पराजित भयो ।

बिहीबार तेस्रो क्रममा आएका कुशलले जनकपुर बोल्ट्सविरुद्ध ६ बलमा ६ रनमात्रै बनाउन सकेन । मार्की खेलाडी एवम् टीमका भरोसायोग्य ब्याटर नचलेपछि पोखरा एभेन्जर्सका अरु ब्याटर पनि सुरुदेखि नै चल्न सकेनन् ।

जनकपुर बोल्ट्सको रवाफिलो प्रदर्शन जारी रहँदा पोखराले आफ्नो दोस्रो खेलमा ७ विकेटको हार भोग्नपुरेको छ।

पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दै दिएको १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले ७ विकेटको क्षतिमा १७ बाँकी रहँदै जित निकाल्यो ।

यस खेलमा पनि कुशलको ब्याटिङको जादु चल्न सकेन। उनी केबल ६ रनमै आउट भए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३८ रनको सामान्य योगफल बनाएको थियो । पोखराका लागि कुनै पनि खेलाडीले अर्धशतकसम्म पुग्ने मौका पाएनन् ।

पोखराका लागि मार्कस क्रिटलेले ३५, माइकल लिस्कले २५, आन्द्रेस गौसले २०, रेमन रिफरले १७, दिलिप नाथले ११ र दिनेश खरेलले १० रन बनाए । तर तेस्रो क्रममा आएका कुशल नटिक्दा टिमको स्कोर १३८ मै खुम्चिँदा जनकपुरले सजिलै जित निकाल्यो ।

पोखराको यो हारले कर्णाली याक्स र विराटनगर किङ्सकै पदचाप पछ्याएको छ । विराटनगर र कर्णाली याक्सले आफ्ना दुवै खेल हारिसकेका छन् ।

विराटनगरले आफ्नो तेस्रो खेलमा भने लुम्बिनी लायन्सलाई सनसनीपूर्ण प्रदर्शनसहित हराएको छ । उसले लुम्बिनीबाट पाएको एनपीएलकै सबैभन्दा उच्च १९२ रनको चुनौती चेस गर्दै तेस्रो खेलमा जित निकालेर राहतको श्वास फेरेको छ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  १ : २७ बजे

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१

भारतीय विद्युतमन्त्री खट्टरबाट मुक्तिनाथमा पूजार्चना

मुस्ताङ– भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ

जम्मु कश्मीर घटनामा नेपाली परेको विवरण पुष्टि गर्ने प्रयासमा छौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य