ओपन टेनिसबाट बाहिरिन साविक विजेता नओमी « Khabarhub

ओपन टेनिसबाट बाहिरिन साविक विजेता नओमी


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साविक विजेता नओमी ओसाका युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छिन् । अन्तिम १६ को खेलमा स्विटजरल्याण्डकी बेलिन्डा बेन्सिससंग ७–५ र ६–४ को सेटमा पराजित हुदै ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

हारसंगै २१ बर्षिया ओसाकाको विश्व नम्बर एक वरियता समेत खोसिएको छ । अष्ट्रेलियाकी एसलिघ बार्टी महिला टेनिस वरियताको शीर्ष स्थानमा पुगेकी छिन् ।

ओसाकालाई हराएकी १३ औ वरियताकी बेनकिकले अब क्वार्टरफाईनलमा डोना वेककसंग खेल्नेछिन् ।

‘म कोर्टमा आउनका लागि निकै उत्साहित थिए । चुनौती ठुलो नहुन सक्थ्यो । नाओमी एक महान खेलाडी हुन र पछिल्लो बर्ष उनले युएस ओपन जितेकी थिईन् ।’ बेन्सिसले भनिन्, ‘मलाई खेलको शीर्ष स्थानमा रहनु थियो । र म वास्तवमा खुसी छु । कि मैले कसरी खेलेको छु ।’

‘उनीसंग निकै ठुुलो शक्ति छ । मैले चेस जसरी खेल्ने प्रयास गरे । दाबेदारिता दिन कोर्टमा एक रणनीति बनाउन कोशिश गरिरहेको थिए ।’ उनले भनिन् ।

ओसाकाले पछिल्लो बर्ष सेरेना विलियम्सलाई हराउँदे युएस ओपन टेनिसको उपाधि जिततेकी थिईन् । उनी बेन्सिसविरुद्वको खेलमा चोटका कारण निर्क संघर्ष गरिरहेकी देखिन्थिन् ।

‘मेरो लागि, अहिले मलाई निकै दुखको अनुभुती भईरहेको छ । तर मलाई यो पनि लागिरहेको छ, प्रतियोगिताको दौरान मैले धेरै कुरा सिकेको छु,’ ओसाकाले भनिन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ६ : ४५ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै