‘ह्रस्व दीर्घ’को ग्रस कलेक्स साढे १० करोड नाघ्यो, हलबाट पनि उत्रियो « Khabarhub

‘ह्रस्व दीर्घ’को ग्रस कलेक्स साढे १० करोड नाघ्यो, हलबाट पनि उत्रियो


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ले बिहीबारबाट हलबाट उत्रिएको छ । प्रदर्शनको १९ दिनमा पूरा भएपछि यो फिल्म हलबाट उत्रिएको हो ।

कात्तिक ३० बाट प्रदर्शनमा आएको यस फिल्मले उक्त अविधिमा १० करोड ६० लाखको ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ ।

तेस्रो साता पूरा भएपछि निर्माण पक्षले बिहीबार ग्रस कलेक्सन सार्वजनिक गरेको हो ।

फिल्मकी मुख्य नायिकासमेत रहेकी निर्माता नीता ढुंगानले फेसबुकमार्फत् कलेक्सन सार्वजनिक गर्दै लेखेकी छन्, ‘हजुरहरूको माया ।’

यस फिल्मका ज्योतिषी एवम् नायक हरिहर अधिकार र नीता केन्द्रीय भूमिकामा छन् । उनीहरू दुई श्रीमान्–श्रीमती हुन् ।

फिल्ममा भारतीय कलाकारहरू सुनील बर्मा, ब्रह्मानन्दम, पदीप रावत, मुहम्मद अली, कबिर दुहानको अभिनय छ ।

त्यस्तै, नेपाली कलाकारहरूमा सरोज खनाल, विपना थापा, सञ्जिता लुइँटेल र रेखा थापालगायतको अभिनय छ ।

नीता फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको कथा हरिहरको हो । फिल्मको लगानी ६ करोड रहेको बताइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  १० : २४ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार