मासिक ५० हजारलाई बाँडिन्छ पासपोर्ट, अधिकांशको लक्ष्य वैदेशिक रोजगारी « Khabarhub

मासिक ५० हजारलाई बाँडिन्छ पासपोर्ट, अधिकांशको लक्ष्य वैदेशिक रोजगारी


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिने नेपालीको संख्या साढे ५७ लाख पुगेको छ । परराष्ट्र मन्त्रालय राहदानी विभागका अनुसार ९ वर्षको अवधिमा ५७ लाख ४० हजार ९ सय ७१ नेपालीले एमआरपी लिएका छन् । जसमा पुरुषको संख्या ४६ लाख ३३ हजार ९ सय ६५ पुरुष छ । त्यस्तै ११ लाख ६९ हजार ८० जना महिलाले एमआरपी लिएका छन् ।

सरकारले सन् २०१० डिसेम्बरदेखि हस्तलिखित राहदानीका ठाँउमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गदै आएको छ । पछिल्लो समय राहदानी लिनेको संख्या बृद्धि भएको राहदानी विभागका उपसचिव तथा प्रवक्ता तिर्थराज अर्यालले बताए । विभागले अहिले महिनामा ५० हजार नेपालीलाई राहदानी वितरण गर्दै आएको छ । विभागले विभागको कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालयमार्फत सकंलित र विदेशस्थित कूटनीतिक नियोगमार्फत संकलित राहदानी जारी गर्दै आएको छ ।

‘विभागले गएका २ वर्षदेखि द्रुतसेवामार्फत राहदानी लिन चाहने सेवाग्राहीलाई फाराम भरेको १० मिनेटमा नै राहदानी उपलब्ध गराउदै आएको छ,’ उनले भने, ‘विभागले केन्द्रमा मात्र नभई जिल्लाबाट पनि एक हप्तामा द्रुतसेवामार्फत राहदानी वितरण गर्ने तयारी गरिरहेको ।’ सन् २०२० देखि इ पासपोर्ट जारी गर्ने योजना बनाएको पनि उनले बताए ।

२०७३ साल जेठ महिनादेखि द्रुतसेवामार्फत विवरण गरिन थालिएको राहदानीको राजश्व तस्तुर भने फरकफरक छ । एकै दिनमा राहदानी लिन चाहनेले १५ हजार रुपैयाँ दस्तुर बुझाउनुपर्छ भने, २ दिनमा राहदानी निकाल्न १२ हजार रुपैया तिरे पुग्छ । त्यस्तै १० हजार रुपैयाँ तिरेपछि ३ दिनमा राहदानी निकाल्न सकिने विभागका प्रवक्ता अर्यालले बताए ।

विभागका अनुसार ५ देखि १५ दिनमा जिल्लाबाट पनि सेवाग्राहीले राहदानी प्राप्त गर्न सक्नेछन् । जिल्लाबाट फाराम प्राप्त भएपछि २४ घन्टाभित्रै विभागले राहदानी बनाउने गरेको छ । यसअघि विभागले १० हजार रुपैयाँ दस्तुर लिएर एक सातामा राहदानी वितरण गर्दै आएको थियो ।

सरकारले पछिल्लो समय विदेशमा रहेका कुटनीतिक नियोगबाट विवतरण संकलन गरी राहदानी वितरण गर्दै आएको छ । विशेषतः वैदेशिक रोजगारीमा रहेका नेपालीको राहदानी नवीकरणका लागि कुटनीतिक नियोगमा विवरण संकलन गरी राहदानी वितरण गर्दै आएको विभागले जनाएको छ । सन् २०१६ यता वार्षीक साढे ५ लाखभन्दा धेरै नेपाली राहदानी जारी गदै आएको विभागको तंथ्याकमा छ ।

विभागले सन् २०१६ मा ६ लाख ९९ हजार ६ सय २० जना नागरिकलाई राहदानी जारी गरेको छ । त्यस्तै सन् २०१७ मा ५ लाख १९ हजार ४ सय १२ र २०१८ मा ५ लाख ३१ हजार ५ सय ४३ जना नेपालीलाई राहदानी जारी गरेको विभागको तथ्यांकमा उल्लेख छ।

एमआरपी वितरण थालिएपछि हराएको दाबी गर्दै राहदानी लिन आउनेको संख्या पनि बढेको छ । अहिलेसम्म २ लाख ८० हजार व्यक्तिले राहदानी हराएको भन्दै दिएको निवेदनका आधारमा नयाँ राहदानी बितरण गरिएको छ। यस्तै विदेशको कुटनीतिक नियोगमार्फत वार्षिक २ लाख राहदानी जारी गर्न गरेको विभागले जानकारी दिएको छ ।

रोजगारी र अध्ययनका लागि बनाइन्छ राहदानी

राहदानी लिने अधिकांश वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी धेरै रहेको विभागले जनाएको छ ।

राहदानी लिनेमध्ये ४० हजार वैदेशिक रोजगारीको खोजीमा जाने गर्दछन् । उनीहरुले संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जाने गरेको पाइएको छ । त्यस्तै ३ हजारभन्दा बढी उच्च शिक्षा अध्ययनका लागि नो अब्जेक्सन लेटर लिन जाने गरेको शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन शाखाले जनाएको छ ।

तीन प्रकारको राहदानी

सरकारले अहिले तीन किसिमका राहदानी वितरण गर्दै आएको छ । कुटनीतिक राहदानीका रुपमा रातो रंगको राहदानी वितरण गरिन्छ भने विशष राहदानीका रुपमा निलो रंगको राहदानी वितरण गरिने गरिएको छ । त्यस्तै आम सर्वसाधारणका लागि वितरण गरिने हरियो रंगको साधारण राहदानी हो ।

गएका ९ वर्षमा विभागले ५ हजार १ सय कुटनीतिक राहदानी जारी गरेको छ । विभागले यो अवधिमा १५ हजारभन्दा धेरै विषेश राहदानी जारी गरेको छ । त्यस्तै सर्वसाधारणका लागि ५७ लाख ४० हजार ९ सय ७१ जनालाई वितरण गरिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ४ : ३४ बजे

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं– कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा

बाढीको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौँ – भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर