‘बेत्रावती सन्धि’स्थलको संरक्षण सुरु « Khabarhub

‘बेत्रावती सन्धि’स्थलको संरक्षण सुरु


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेपाल–तिब्बत (भोट) युद्धको क्रममा नेपाली पक्ष विजयी भएपश्चात् दुई देशबीच ‘बेत्रावती सन्धि’ भएको स्थानको ऐतिहासिक ढुङ्गाको संरक्षणको लागि विदुर नगरपालिकाले आवश्यक काम अगाडि बढाएको छ ।

पुरातात्विक संरचनाको संरक्षण गर्ने क्रममा विदुर–१० स्थित बेत्रावती सन्धि भएको दुई ढुङ्गाको संरक्षण, व्यवस्थापन, पुरातात्विक स्वरुपमा निर्माण, युद्धको नेतृत्व गर्ने वीर गोर्खालीको शालिक स्थापना एवं युद्ध सङ्ग्रामका सामग्रीसहितको स्मारक स्थापनाको लक्ष्यसहित उक्त ऐतिहासिक स्थानको संरक्षण गर्न लागिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा १८ लाख बजेट विनियोजित गरिएकाले नगरबाट कार्य प्रारम्भ गर्न लागिएको छ ।

‘विनियोजित बजेटको काम सुरु गर्न प्राविधिक टोली र नेपाली सेनाबाट स्थलगत अवलोकन एवं निरीक्षण भइसकेको छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘एतिहासिक दुई ढुङ्गा रहेको ठाउँ र यस आसपासका सरकारी जग्गाको लगत लिने र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को निर्माण नगरपालिकामार्फत भइरहेको छ । नेपाली सेनाबाट युद्ध सङ्ग्राम संरचना स्थापनाको अध्ययन भइरहेको छ ।’

विदुरले आन्तरिक स्रोतबाट तयार गरिने डिपिआरले निर्देश गरेअनुसार विनियोजित बजेटबाट नेपाली सेनाको सहकार्यमा कार्य प्रारम्भ गरिने योजना बनाइएको छ ।

विसं १९४९ मा भएको सन्धिपश्चात् उक्त स्थान अलपत्र र जीर्ण छ । संरक्षणको लागि विदुर नगरपालिका र नेपाली सेनाबाट प्रारम्भ भएको कार्यलाई माथिल्ला निकाय (पुरातत्व विभाग, बागमती प्रदेश र सङ्घीय सरकार)बाट आर्थिक र प्राविधिक सहयोगप्राप्त हुने प्रतिबद्धता पाएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

विसं १९४९ मा भएको नेपाल–भोट युद्धमा नेपाली पक्ष विजयी भएसँगै बेत्रावतीमा सन्धि भएको थियो । उक्त स्थानमा नेपाली पक्ष बसेका र तिब्बती पक्ष बसेका दुई विशाल ढुङ्गा रहेका छन् । उक्त ढुङ्गाको संरक्षण गर्दै सोही स्थानबाट नेपाली पक्षले युद्ध लडेको दूधेगढी, जितगढी हुँदै सूर्यगढीसम्मलाई कूटनीतिक पदमार्ग बनाउने लक्ष्य लिएर काम अघि बढाउन थालिएको हो ।

दूधेगढीको संरक्षणको लागि विदुर नगरपालिकाले एक करोड आठ लाखमार्फत र सूर्यगढीको संरक्षणको लागि सूर्यगढी गाउँपालिकामार्फत पुरातत्व विभागको समन्वय र नेपाली सेनाको सहकार्यमा काम भइरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १० : ३३ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको