ओलीलाई भेट्न वामदेव सिंगापुर नजाने « Khabarhub

ओलीलाई भेट्न वामदेव सिंगापुर नजाने


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर नजाने भएका छन् ।

हाल सिंगापुरमा उपचाररत रहेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीलाई भेट्न गौतम सहित महासचिव विष्णु पौडेल त्यहाँ जाने भन्ने विषय बाहिरिएको थियो ।

तर, गौतमका स्वकीय सचिव दीपक शर्माले भने उनको सिंगापुर जाने कार्यक्रम नरहेको जनाएका छन् ।

यद्यपि, नेकपा महासचिव पौडेल भने मंगलबार १ बजे सिंगापुर प्रस्थान गर्ने जनाइएको छ ।

महासचिव पौडेल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझ्नका लागि भनेर सिंगापुर जान लागेका हुन् । मंगलबार त्यसतर्फ प्रस्थान गर्ने पौडेल प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्किने जनाइएको छ ।

उपचारका लागि भनेर प्रधानमन्त्री ओली दोस्रो पटक भदौ ५ गते सिंगापुर गएका थिए । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ११ : २७ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी