ओलीलाई भेट्न वामदेव सिंगापुर नजाने | Khabarhub Khabarhub

ओलीलाई भेट्न वामदेव सिंगापुर नजाने


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर नजाने भएका छन् ।

हाल सिंगापुरमा उपचाररत रहेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीलाई भेट्न गौतम सहित महासचिव विष्णु पौडेल त्यहाँ जाने भन्ने विषय बाहिरिएको थियो ।

तर, गौतमका स्वकीय सचिव दीपक शर्माले भने उनको सिंगापुर जाने कार्यक्रम नरहेको जनाएका छन् ।

यद्यपि, नेकपा महासचिव पौडेल भने मंगलबार १ बजे सिंगापुर प्रस्थान गर्ने जनाइएको छ ।

महासचिव पौडेल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझ्नका लागि भनेर सिंगापुर जान लागेका हुन् । मंगलबार त्यसतर्फ प्रस्थान गर्ने पौडेल प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्किने जनाइएको छ ।

उपचारका लागि भनेर प्रधानमन्त्री ओली दोस्रो पटक भदौ ५ गते सिंगापुर गएका थिए । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ११ : २७ बजे

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय