६५ हजारभन्दा बढी श्रम स्वीकृति जारी गरेको अफगानिस्तानको दाबी « Khabarhub

६५ हजारभन्दा बढी श्रम स्वीकृति जारी गरेको अफगानिस्तानको दाबी


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानको तालीवान् सरकारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले विगत आठ महिनामा ६५ हजारभन्दा बढी श्रम स्वीकृति जारी गरेको मन्त्रालयका प्रवक्ता समिउल्लाह इब्राहिमीले बताएका छन् ।

शनिबार स्थानीय सञ्चारमाध्यम टोलोन्युजसँगको कुराकानीमा श्रम तथा सामाजिक मामिला मन्त्रालयले मार्चपछि महिला र केही विदेशी नागरिकसहित ६५ हजारभन्दा बढी व्यक्तिलाई ‘वर्क परमिट’ जारी गरेको ती अधिकारीले जानकारी दिए ।

अधिकारीले थप विवरणहरू प्रदान नगरी उल्लेख गरेका छन्, ‘अफगानिस्तानको तालीवान् प्रशासनले थप रोजगारीको अवसर सिर्जना गर्न सक्दो प्रयास गर्नेछ ।’

थप विवरण उपलब्ध नगराइकन ती अधिकारीले भनेका छन्, ‘अफगान प्रशासनले गरिबीको चपेटामा परेको देशमा गरिबी निवारणका लागि रोजगारीका अवसर सिर्जना गर्न सक्दो प्रयास गर्नेछ ।’

स्थानीय आर्थिक पर्यवेक्षकहरूले ठूला विकास परियोजना सुरू गर्न र अफगान र विदेशी कम्पनीहरूलाई अफगानिस्तानमा लगानी गर्न प्रोत्साहित गर्दा राष्ट्रको गरिबी कम गर्न सकिने बताएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ६ : ३५ बजे

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६