उपकप्तान मल्लले ओमानमा हुने टी–२० श्रृङ्खला नखेल्ने « Khabarhub

उपकप्तान मल्लले ओमानमा हुने टी–२० श्रृङ्खला नखेल्ने


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी अक्टोबरमा ओमानमा हुने टी–२० क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल सहभागी नहुने भएका छन् ।

उपकप्तान मल्लले पारिवारीक कारण देखाउँदै ओमानले आयोजना गर्न लागेको टी– २०0 प्रतियोगितामा आफू सहभागी हुन नसक्ने बताएका हुन् ।

नेपाली टोली अहिले काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा व्यस्त छ । सागको अभ्यासमा रहेको नेपाली टोलीले साग अगाडि ओमानमा टी–२० शृङ्खला खेल्ने तालिका रहेको छ ।

तर, उक्त शृङ्खलामा उपकप्तान मल्ल सहभागी नहुने राष्ट्रिय टोलीका मिडिया म्यानेजर सुरज शाक्यले बताए ।

‘अहिले टोली सागको अभ्यासमा व्यस्त छ । तर, ओमानमा हुने खेलमा ज्ञानेन्द्र मल्लले सहभागी हुन नसक्ने बताउनुभएको छ,’ शाक्यले भने, ‘उपकप्तान मल्लले पारिवारीक कारण देखाउँदै शृङ्खलामा सहभागी हुन नसक्ने भन्नुभएको छ ।’

प्रतियोगिता असोज १८ देखि २३ सम्म हुनेछ । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै, दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ११ : ३७ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई