संसदमा खानेपानी मन्त्रीको जवाफ–मेलम्चीमा सीएमसी फेरि फर्किए स्वागत गर्न सरकार तयार छ « Khabarhub

संसदमा खानेपानी मन्त्रीको जवाफ–मेलम्चीमा सीएमसी फेरि फर्किए स्वागत गर्न सरकार तयार छ


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री विना मगरले मेलम्ची आयोजनाको काम पूरा गर्ने विषयमा दुईवटा विकल्पबारे छलफल भइरहेको बताएकी छन् ।

शुक्रवार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राखेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले सरकारले चाँडो भन्दा चाँडो मेलम्चीको पानीलाई काठमाडौं ल्याउन दुईवटा विकल्पमा छलफल भइरहेको बताइन् ।

ठेक्का सम्झौता तोडिएको इटलीयन कम्पनी सीएमसीलाई पुन काममा फिर्ता बोलाउने वा नयाँ ठेक्का प्रकया गरेर मेलम्ची आयोजनालाई छिटोभन्दा छिटा सक्ने विषयमा छलफल भइरहेको मन्त्री मगरले जानकारी दिइन् ।

‘दुईवटा विषयलाइर्ए सँगसँगै लैजान खोजेका छौं , मन्त्री मगरले भनिन्,‘सीएमसी आउँछ भने नेपाली भेन्डर समस्या समाधान गर्न सक्छौं उ आयो भने अलि चाडो काम हुन्छ र विधिसम्मत रुपमा सीएमसी आउँछ भने सरकार स्वागत गर्न तयार छौं ।’

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  २ : ०२ बजे

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार

इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई दबाब,

सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु