लमजुङमा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न | Khabarhub Khabarhub

लमजुङमा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सुन्दरबजार– सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पतालमा दुई दिनसम्म सञ्चालन गरिएको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ । यही मङ्सिर २१ गतेदेखि २२ गते रातिसम्म सञ्चालन भएको शिविरमा क्यान्सर र आँखासम्बन्धी छ सय ५४ जनाले सेवा लिएका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा, लाइन्स इन्टरनेशन काठमाडौंको आयोजना र मानव विकास तथा सामुदायिक सर्वेक्षण (एचडिसिएस) को संयोजनमा तथा सामुदायिक अस्पतालको व्यवस्थापनमा शिविर सञ्चालित शिविरमा दुई सय ४५ को क्यान्सर स्क्रिनिङ र चार सय नौ जनाको आँखाको उपचार गरिएको आयोजकले जनाएको छ ।

नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलका संस्थापक निर्देशक, प्रसूति तथा क्यान्सर रोग विशेषज्ञ एवं लेजरथेरापिष्ट निर्देशक डा सुशीला वैद्यले महिलामा हुने पाठेघरको मुखको क्यान्सरसहित अन्य क्यान्सरसम्बन्धी समस्याका भएकाको परीक्षण गरिएको बताइन् ।

उनले सेवा लिएकामध्ये १० जना महिलाको पाठेघर खसेको पाइएको भन्दै तीमध्येमा एक जनाको पाठेघरमा ‘रिङ’ राखिएको जानकारी दिइन् । डा वैद्यका अनुसार १७ जनाको पोलिप वा पाठेघरमा मासु पलाएको फेला परेको छ ।

आँखाका बारेमा नेत्ररोग विशेषज्ञ विनयकुमार घिमिरे र नेत्र सहायक अर्जुन गुरुङले परीक्षण गरेका थिए । विशेषज्ञ घिमिरेले २३ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको जानकारी दिए  । उक्त शिविरमा बिरामीलाई आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ ।

शिविरमार्फ क्यान्सर र आँखासम्बन्धी सेवा पाएकामा उपस्थित स्थानीयले खुसी व्यक्त गरेका छन् । शिविरमा लमजुङ र तनहुँका बासिन्दाले सेवा लिएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १ : २२ बजे

शीतल निवासबाट राष्ट्रपतिले भने- ६ महिनाभित्र चुनाव गरेर प्रतिनिधि सभा ल्याउनु पर्छ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न

दशैँको मुखैमा घट्यो अलैँचीको बजार मूल्य

झापा– नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । 

अझै आठ हजार ८१६ कैदीबन्दी फरार

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका

थला पर्‍यो यातायात विभाग : सेवाग्राही जलेको भवन हेर्छन्, निराश भएर फर्किन्छन्

काठमाडौँ– जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बानेश्वरस्थित

‘नेपालीबीच सद्भाव र एकता कायम गरौँ’

मोरङ‍– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनेपालीबीच सद्भाव र एकता