एथेन्सस्थित सिरियाली दूतावासमा विद्रोही समूहको झण्डा | Khabarhub Khabarhub

एथेन्सस्थित सिरियाली दूतावासमा विद्रोही समूहको झण्डा


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

रोम– एथेन्सस्थित सिरियाली दूतावासमा विद्रोहीको झण्डा फहराइएको छ । एथेन्समा रहेको सिरियाली दूतावासमा सिरियाली विपक्षी झण्डा फहराइएको हो ।

विद्रोही सेनाले दमास्कस कब्जा गरेको घोषणा गरेको केही घण्टापछि यथेन्सको दूतावासमा उनीहरूको झन्डा फहराइएको हो ।

ग्रीसको सरकारी समाचार एजेन्सी एएनएले कम्तीमा तीन जना दूतावास भित्र पसे र झण्डा फहराए, जुन भवनको छतमा झुन्डिएको देखिएको थियो।

अधिकारीहरूलाई घटनास्थलमा पठाइएको थियो र तीन जनालाई हिरासतमा लिइएको छ । प्रहरीले यस बारेमा थप केही जानकारी दिइएको छैन ।

तर, एक व्यक्ति दूतावासको बालकनीमा अल असदको तस्बिर समातेर तानाशाह भनेर चिच्याइरहेको देखिएको थियो । सन् १९७० मा अल असद शासन स्थापना भएपछि ग्रीस भागेका सिरियालीहरू दूतावासमा उत्सव मनाउन पुगेका छन् ।

ग्रीसका सिरियाली समुदायका वरिष्ठ अधिकारी नादेर हलबौनीले भने, ‘२४ मिलियन सिरियालीहरू रातभर सुत्न सकेनन्, यद्यपी यो हाम्रा लागि खुसीको खबर हो ।’

ग्रीसमा सिरियालीहरूको भेला पनि तय गरिएको उनले जानकारी दिए । आप्रवासी मन्त्रालयका अनुसार १५ हजारभन्दा बढी सिरियालीसँग ग्रीसमा बस्ने अनुमति रहेको छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : १३ बजे

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा १५९ रनको जित