श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य « Khabarhub

श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलङ्काको निर्यात विकास बोर्ड (ईडीबी) ले सन् २०२५ मा देशको कुल निर्यात आम्दानी १८ अर्ब ७ करोड अमेरिकी डलर हुने अनुमान गरेको छ ।

ईडीबीका अध्यक्ष मङ्गला विजेसिङ्घेले आइतबार यस प्रक्षेपणमा वस्तु निकासीबाट १४ अर्ब ५४ करोड डलर र सेवा निकासीबाट चार अर्ब १६ करोड डलर समावेश हुने बताए ।

श्रीलङ्काले सन् २०२४ को पहिलो १० महिनामा कुल निर्यात (वस्तु तथा सेवा)बाट १३ दशमलव ५ अर्ब डलर कमाएको विजेसिङ्घेले बताए । यो सन् २०२३ को पहिलो १० महिनाको तुलनामा ७ दशमलव १९ प्रतिशतले बढेको हो ।

सन् २०२४ को वार्षिक लक्ष्य १६ अर्ब ४ करोड डलर रहेको र श्रीलङ्काले सन् २०२४ को पहिलो १० महिनामा त्यो वार्षिक लक्ष्यको ८२ प्रतिशत हासिल गरेको उनले भनेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : २६ बजे

वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको

शीतलहरबाट पठनपाठनमा समस्या

महोत्तरी– शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीय तहले धमाधम विद्यालय

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई

गोरखा – गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको

हलेसीमा भक्तको भीड (फोटो फिचर)

काठमाडौं – खोटाङ जिल्लामा रहेको प्रसिद्ध हलेसी महादेवको दर्शन गर्न