प्याजमा आत्मनिर्भर हुन विदुरमा ‘प्याज पकेट’ कार्यक्रम « Khabarhub

प्याजमा आत्मनिर्भर हुन विदुरमा ‘प्याज पकेट’ कार्यक्रम


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नुवाकोटको विदुर नगरपालिकाले प्याजमा आत्मनिर्भर बनाउन ‘प्याज पकेट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

 विगतका वर्षमा परीक्षणको सुरु गरेको यस कार्यक्रमलाई चालु आर्थिक वर्षदेखि वडा नं ७ मा व्यावसायिक उत्पादन गरी नगरलाई प्याजमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए।

उनले पालिकालाई आत्मनिर्भर बनाउँदै किसानको आर्थिक उपार्जन वृद्धिमा समेत सहयोग पुर्‍याउन ‘प्याज पकेट’ कार्यक्रमलाई गौरवको योजनाका रूपमा सञ्चालन गरिएको बताए।

 ‘प्याज पकेट क्षेत्रका किसानलाई आवश्यक पर्ने उन्नत जातका बिरुवाका लागि नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएको छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘दुईवटा कृषि सहकारीलाई उन्नत जात (रेड क्रियोल)को बीउबाट बिरुवा उत्पादन गरेर पकेट क्षेत्रका किसानलाई सहुलियत शुल्कमा वितरणको प्रबन्ध मिलाएका छौँ ।’

विगतका परीक्षणका रूपमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बन्नुका साथै स्थानीय किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउन थालेपछि प्याजको व्यावसायिक उत्पादनलाई जोड दिइएको पालिकाको कृषि शाखाले जनाएको छ ।

बीउ उपलब्ध गराएका किसानले बिरुवा रोप्न सुरु गरेदेखि उनीहरूलाई बजारिकरणसम्म सहयोग पुर्‍याउन विभिन्न कार्यक्रम समावेश गरिएको छ । कार्यक्रम सफल बनाउन कृषि औजार, सिँचाइ पाइप, प्राविधिक परामर्श दिइने जनाइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : ५० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना