धनुषामा धान खरिद सुरु, समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय | Khabarhub Khabarhub

धनुषामा धान खरिद सुरु, समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय, जनकपुरधामले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

धनुषाको किसानबाट यस वर्ष ३२ हजार क्विन्टल साेना मन्सुली धान खरिद गर्ने गरी आजदेखि सुरु भएको कार्यालय प्रमुख देवेन्द्र राईले जानकारी दिए। यस वर्ष सरकारले सानो मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकिएको छ ।

यहाँ स्थानीय तहका कृषि शाखाको सिफारिसमा तथा किसानले तोकिएको मापदण्ड पूरा गरेर ल्याएमा धान खरिद चेकमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख राईले बताए।

यसअघि सो कार्यालयको धान खरिदका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय गरी धान खरिद प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए।

बास्मती धानको मूल्य निर्धारण नभएकाले तत्काल त्यसको खरिद नहुने पनि जनाइएको छ । धनुषामा यस वर्ष ४१ हजार पाँच सय ६६ हेक्टर क्षेत्रफल जमिनमा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ४ : ०६ बजे

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ।

डेढ दशकदेखि खानेपानी आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ३ सिसाखानीमा खानेपानी आयोजना सुरु भएको

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

भोजपुर– भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ ।