धारिलो हतियार प्रहार गरी स्याङ्जामा बाबु–छोराको हत्या « Khabarhub

धारिलो हतियार प्रहार गरी स्याङ्जामा बाबु–छोराको हत्या


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको हरिनाथ गाउँपालिकामा मंगलबार विहान एकै परिवारका २ जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार हरिनाथ गाउँपालिका–३ ललइमा धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या भएको हो ।

प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा ललइका ३० वर्षीय भीमबहादुर खड्का र उनका ४ वर्षीय छोरा रिजन खड्काको हत्या भएको हो ।

बाबु–छोराको हत्या भएको ठाउँमा प्रहरी टोली परिचालन भएको जनाइएको छ ।

धारिलो प्रहार गरेर बाबु–छोराको हत्या भएको विषय जानकारीमा आएपनि हत्यारा भने पत्ता लागिनसकेको प्रहरीको भनाइ छ ।

हत्याराको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १ : ४७ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप