प्रतिनिधिसभा टिमले राष्ट्रियसभालाई हान्यो १३ गोल « Khabarhub

प्रतिनिधिसभा टिमले राष्ट्रियसभालाई हान्यो १३ गोल


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय संसद् को १८औँं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ ।

भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधिसभाले शून्यकाविरुद्ध १३ गोलले राष्ट्रिय सभालाई पराजित गरेको हो । प्रतियोगितामा सबैभन्दा धेरै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पाँच गोल गरे । त्यसैगरी तारा लामाले तीन, माधव सापकोटा र सुहाङ नेम्वाङले समान दुई र मनिष झाले एक गोल गरे।

प्रतियोगिताको पहिलो हाफमा प्रतिनिधिसभाले नौ गोलको अन्तर कायम गरेको थियो । दोस्रो हाफमा थप चार गोल गरेपछि प्रतिनिधिसभाको टोली १३ गोल अन्तरले विजयी भयो ।

प्रतिनिधिसभा टिमको नेतृत्व सभामुख देवराज घिमिरे र राष्ट्रियसभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गर्नुभएको थियो । प्रतिनिधिसभाको टिममा उपसभामुख इन्दिरा राना तथा सांसदहरु मोहन आचार्य, माधव सापकोटा, मनिष झा, निशा डाँगी, बिना लामा, तारा लामा तामाङ, सुहाङ नेम्वाङलगायत हुनुहुन्थ्यो । राष्ट्रियसभा टिममा उपाध्यक्ष विमला घिमिरे, सांसदहरु धनश्याम रिजाल, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल, गोपीबहादुर सार्की अछामी, नरबहादुर विष्टलगायत सांसदहरु थिए ।

यसैबीच, आजै संसद् सेवाका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मी (मर्यादापालक) को बेग्लाबेग्लै टिमबीच पनि मैत्रीपूर्ण फुटसल भइरहेको छ । संसद् सेवा दिवस मङ्सिर २८ गते विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : ४९ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका