‘अग्रजहरूको योगदानबाट प्राप्त अधिकार सदुपयोग गर्नुपर्छ’  « Khabarhub

‘अग्रजहरूको योगदानबाट प्राप्त अधिकार सदुपयोग गर्नुपर्छ’ 


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अग्रजहरूको योगदानबाट प्राप्त अधिकारलाई बलियो बनाउन ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् ।

नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको शतवार्षिक जन्मजयन्तिका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले अग्रजहरूको योगदानबाट प्राप्त अधिकारलाई सदुपयोग गरेर अगाढि बढ्नुपर्ने बताए ।

नेपालको महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मंगलादेवी सिंहको योगदान महत्वपूर्ण रहेको उनले बताए । उनले राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्तिमाथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मंगलादेवी सिंहले संघर्ष गरेकै कारण उपलब्धि हासिल भएको बताए ।

अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवी सिंहकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि पनि भएको सिंहको भनाइ छ ।

कार्यक्रममा महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको शालिकमा माल्यार्पण गरिएको थियो । मंगलादेवी सिंहको जन्म वि.सं. १९८२ मंसिर २५ गते भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १ : १९ बजे

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार